Comments Add Comment

Advertisment

SKIP THIS

सुदुरपश्चिम

List Grid
कालापानी, लिपुलेख र लिम्पियाधुरा विवाद : विशेष कारणहरूको गहिरो विश्लेषण

काठमाडौं, नेपाल – नेपाल र भारतबीचको कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्रको सीमा विवाद दशकौंदेखि चर्किँदै आएको छ। यो विवादले दुई देशको सम्बन्धमा बारम्बार तनाव सिर्जना गरेको छ।
मुख्य रूपमा यो विवाद काली नदीको उद्गम र ऐतिहासिक सन्धिहरूको व्याख्यामा केन्द्रित छ, जसले गर्दा नेपालले यो क्षेत्रलाई आफ्नो अभिन्न भाग मान्छ भने भारतले यसलाई आफ्नो प्रशासनिक नियन्त्रणमा राखेको छ। यो समाचारमा हामीले यो विवादका विशेष कारणहरू – ऐतिहासिक, भौगोलिक, राजनीतिक र हालका ट्रिगरहरू – लाई गहिरो रूपमा खुलाएका छौं। यो विश्लेषण विभिन्न अन्तर्राष्ट्रिय स्रोतहरूमा आधारित छ, जसले विवादको जरा र यसको निरन्तरताको स्पष्ट …

एसपी राणाले कैलाली प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले : अपराध नियन्त्रण पहिलो प्राथमिकता

प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले कैलाली प्रहरीको जिम्मेवारी सम्हालेका छन् ।
नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपा, काभ्रेपलाञ्चोकबाट जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा सरुवा भएका राणाले मंगलबार जिम्मेवारी सम्हालेका हुन् ।
उनलाई निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकी, प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहलगायतले स्वागत गरेका थिए ।
एसपी राणाले एक औपचारिक समारोहबीच पदभार ग्रहण गर्नुभएको हो। राणाले आफू जनतामैत्री, पारदर्शी र कडाइका साथ कार्य गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “कैलाली सुदूरपश्चिमको राजधानी भएकाले यस जिल्लालाई हरेक हिसाबले नमूना बनाउन म उत्कृष्ट प्रयास गर्नेछु।हामी नागरिकका प्रहरी …

प्रहरीका ७ जना डीआईजीको सरुवा, कोशी प्रदेशमा कार्की, लुम्बिनीमा भट्ट र मधेशमा उमा चतुरवेदी

नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। गृहमन्त्री रमेश लेखकले आइतबार ६ वटा प्रदेशमा प्रहरी प्रमुखका रुपमा खटाउँदै ७ जना लाई सरुवा गर्ने निर्णय गरेका हुन्।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूची अनुसार कोशी प्रदेशमा ईश्वर कार्कीलाई सरुवा गरिएको छ। मधेश प्रदेशमा उमाप्रसाद चतुरवेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेशकुमार आचार्य र लुम्बिनीमा राजेन्द्र प्रसाद भट्टलाई सरुवा गरिएको हो।
यस्तै सुदूरपश्चिम प्रदेशमा डम्बरबहादुर बिकलाई सरुवा गर्दा गोबिन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ।
यसअघि कोसी प्रदेशमा कार्यरत राजन अधिकारी, मधेश प्रदेशमा कार्यरत लालमणी आचार्य र …

हतकडीसहित भागेकी महिलालाई भारतबाट समात्ने सई चन्दसहित ४ प्रहरी पुरस्कृत

बैशाख १६, काठमाडौ । जिल्ला प्रहरी कार्यालय कैलालीले अपराध अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक (सई) गजेन्द्र बहादुर चन्दसहित चार जनालाई पुरस्कृत गरेको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले सई चन्द, प्रहरी सहायक हवल्दारद्धय रविन्द्र शाही र सन्तोष महरा तथा प्रहरी जवान महेश ओझालाई रेकर्डमा जनिने गरी नगदसहित पुरस्कृत गरेका हुन् ।
उनीहरु सरकारी वकिलको कार्यालय धनगढीबाट हतकडीसहित फरार भएकी महिलालाई भारतबाट पक्राउ गर्न सफल भएका थिए । मानव बेचबिखन मुद्दामा इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेकी ५० वर्षीया मिना शाही दमाई म्याद थपका लागि ल्याएका बेला आइतबार दिउँसो धनगढीस्थित …

इप्रका सुखड् एक महिनादेखि इन्चार्जविहीन, किन पर्दैन डीएसपीको रोजाइमा ?

बैशाख ११, काठमाडौ । प्रहरी प्रधान कार्यालयले १२१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक दिपक थापाको निर्णयानुसार वैशाखको तलबभत्ता खानेगरी सरुवा गरिएको हो ।
सरुवा सूचीअनुसार जिल्ला प्रहरीका कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यालय र केही वृत्तका इन्चार्ज पनि फेरिएका छन् । तर यता कैलालीको इलाका प्रहरी कार्यालय सुखड् अझै प्रमुखविहीन बनेको छ ।
गत चैत ५ गते दिपेन्द्र कुमार पाल विवादित बनेपछि महेन्द्रनगरस्थित गणमा तानिएका थिए । त्यस यता इप्रका सुखड् नेतृत्वविहीन थियो । प्रहरी निरीक्षक दीर्घ बहादुर साउँदले निमित्त भएर काम गर्दै आएका थिए ।
तर …

नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस : एक नम्बरमा रमेश थापा बढुवा

१ माघ, काठमाडौं । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् ।
एक नम्बरमा रमेश थापा बढुवा सिफारिसमा परेका छन् । उनी नेपाल प्रहरी प्रधान कार्यालय नक्शालको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत छन् ।
त्यसपछि क्रमशः अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल र श्याम कुमार महतो एसएसपीमा बढुवा सिफारिस भएका छन् ।

यसैगरी बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय …

बुहारीको हत्या गरी फरार रहेकी सासुलाई रौतहट प्रहरीले ४ वर्षपछि पक्राउ

रौतहट । आफ्नै बुहारीको हत्या गरी फरार महिला ४ वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ६२ वर्षीया सायरा खातुन रहेकी छन् ।
खातुनले २०७७ साल जेठ ८ गते आफ्नै छोरा मो ईन्ताज चुडिहारकी श्रीमती २२ वर्षीया निसनारा खातुनलाई कुटपिट गरी मुखमा कपडा कोची हत्या गरेकी थिइन् । उक्त घटना पश्चात् उनी फरार रहँदै आएकी थिइन् ।
प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले उनलाई गढीमाई नगरपालिका-२ समनपुरबाट पुस २६ गते पक्राउ गर्न सफल भएको थियो । खातुनलाई रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान …

मकवानपुर प्रहरीले ठूलो परिमाणमा चरेस, अफिम र गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौँ: मकवानपुरबाट लागु औषध चरेस र अफिम सहित २ भारतीय पक्राउ परेका छन् । प्रहरीले २१ किलो ४६० ग्राम लागूऔषध चरेस र ३ किलो ४७० ग्राम अफिम सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए ।
पक्राउ पर्नेमा भारतको हरियाणा राज्यको हिसार जिल्ला ग्राम पञ्चायत गोविन्द नगर घर भएको २५ वर्षीय कुनाल गोथ्वाल र सोही स्थानका २० वर्षीय मनिस कुमार रहेका छन् ।
एसपी खड्काका अनुसार इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले शनिवार बिहान २ बजे थाहा नगरपालिका वडा नम्बर ११ नौखण्डे …

९० वर्षीया वृद्धालाई कुटपिट गरी लुटपाट गर्ने चार जनालाई ललितपुर प्रहरीले पक्राउ

काठमाडौं । ललितपुरको धापाखेलमा ९० वर्षीया वृद्धालाई कुटपिट गरी लुटपाट गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्चीका अम्बरबहादुर तामाङ, सन्च तामाङ, जीतमाया घलान र सिन्धुपाल्चोक पाँचपोखरीका भीमबहादुर विक रहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए।
एसएसपी अधिकारीका अनुसार गएको पुस २२ गते दिउँसो साढे १२ बजे धापाखेलस्थित सम्झना बुढामगरको घरमा प्रवेश गरी उनीहरूले कुटपिट गरी नगद तथा गरगहना लगेका आरोप छ । उनीहरूले बुढामगरले कानमा लगाएको सुनको बेरुवा रिङ, सुनको औँठी र सुनको सिक्री डाँकागरी लगेका थिए ।
उनीहरुको साथबाट डकैती गरेर लगेको सुनका गरगहना र २५ हजार …