Comments Add Comment

Advertisment

SKIP THIS

कल्पनाले वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा भाग लिने पक्का

१५ जेठ ,काठमाडौ । नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबले एयर राइफल (सुटिङ) खेलमा पछिल्लो पटक ठूलो सफलता हासिल गरेको छ ।

जापानमा आगामी जुलाई २३ देखि अगस्त ८ तारेखसम्म हुने टोकियो ओलम्पिकका लागि सेनाकी सुटिङ खेलाडी कल्पना परियारले वाइल्ड कार्डमार्फत नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर प्राप्त गरेकी सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्धारित फायरिङ पोजिशनमा रही निश्चित गरिएको दूरीको टार्गेटबाट हतियारका माध्यमद्वारा पेस्तोल र (राइफल निशाना) लगाई तोकेको समय र गोली हानी बढी स्कोर प्राप्त गर्नेको जीत हुने खेल नै सुटिङ हो ।कल्पनाले त्यहाँ १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् सेनाको कालीबक्स गणकी सिपाही कल्पना टोकियो ओलम्पिकका लागि यस वर्ष वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी हुन् ।ओलम्पिक कमिटीले तोकिएका विभिन्न मापदण्ड पूरा गरेका आधारमा कल्पना ओलम्पिकमा छनोटमा परेकी हुन् ।

त्रिभुवन आर्मी क्लबमा उत्कृष्ट सुटरका रुपमा स्थापित कल्पनाले यसअघि कतारमा भएको सन् २०१९ को एशियन च्याम्पियनशिप र चीनको वुहानमा अघिल्लो वर्ष भएको सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिता (सिज्मस्) मा उत्कृष्ट प्रतिस्पर्धा गरेकी थिइन् ।

भारतमा भएको वर्ल्ड कप र इण्डोनेशियाको जाकर्तामा सम्पन्न एशियन खेलकूदमा पनि कल्पनाबाट निकै राम्रो प्रतिस्पर्धात्मक प्रदर्शन गरिएको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रबाट प्रमुख महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए । यस वर्ष सुटिङ खेल विधामा कल्पना उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । सेनामा भर्ना भएपछि फायरिङमा अब्बल साबित भएपछि कल्पना सुटिङ विधाका लागि त्रिभुवन आर्मी क्लबमा आबद्ध भएकी हुन् । यसअघि स्नेहा राज्यलक्ष्मी राणाले लण्डन ओलम्पिकमा उक्त विधामा नेपालका तर्फबाट भाग लिएकी थिइन् ।

नेपालमा २०३९ सालबाट शुरु भए पनि सेनामा विसं २०४३ बाट प्रवेश पाएको यस विधामा अहिले सेनाका १५ खेलाडी अभ्यासरत रहेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै