१५ जेठ ,काठमाडौ । कोरोना भाइरस रोकथामका लागि सुर्खेतमा एक महिनादेखि जारी निषेधाज्ञा पुनः १० दिन थप गरिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिको सुझावका आधारमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले यही जेठ २५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिएका हुन् ।
जिल्लामा सङ्क्रमणको दरमा केही कमी देखिएपनि सङ्क्रमणको जालो तोड्न केही समय लाग्ने देखिएकाले निषेधाज्ञाको समय बढाउनुपरेको प्रशासनले जनाएको छ । यसअघि तोकिएको निषेधाज्ञाको अवधि आज राति सकिँदै थियो ।