Comments Add Comment

इलाममाआज एकै दिन दुई जनाको मृत्यु ; कोरोना संक्रमण

२१ वैशाख, इलाम । कोरोना संक्रमणका कारण इलामका आज एकै दिन दुई जनाको मृत्यु भएपछि इलाम नगरपालिका–७ मा आवागमन नियन्त्रण गर्ने निर्णय गरिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले २२ गतेदेखि ३१ गतेसम्म इलाम नगरपालिका–७ को टुडिखेलदेखि जिरो किलोमिटर तथा टुडिखेलदेखि धोविधारासम्मको क्षेत्रमा औषधोपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक कामबाहेक बाहिर निस्कन नपाउने गरी आवागनमन नियन्त्रण गर्ने निर्णय गरेको हो ।

जिरो र धोविधाराबाट बजार क्षेत्रका लागि अत्यावश्यक बस्तु ढुवानीका सामग्री बोकेका सवारी साधन तथा औषधि र उपचार प्रयोजनबाहेकका सवारीलाई मेची राजमार्गबाट मात्र आवत–जावत गराउने डीसीसीएमसीले निर्णय गरेको छ ।

राजमार्गमा पर्ने विब्ल्याटे बजार क्षेत्रमा लामो दूरीका सवारी साधनलाई पार्किङमा निषेध गरिएको छ । सार्वजनिक सेवा प्रवाह गर्ने निकाय वा कार्यालयहरुमा भीडभाड नहुने गरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई न्यूनतम कर्मचारीबाट सेवा प्रवाहका साथै अनलाइनबाट दिन सकिने सेवालाई अनलाइनमार्फत् दिन अनुरोध गरेको छ ।

कर्मचारीहरुले अनिवार्य रुपमा आफ्नो परिचय–पत्र र युनिफर्म लगाई आवत–जावत गनुपर्नेछ । जिल्लामा हालसम्म कोभिडका कारण ४ जनाले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै