२५ वैशाख, काठमाडौं । नेपालमा १७ हजार ३१५ जनाको पीसीआर र ९८९ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । यो सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।

हिजोको तुलनामा आज पछिल्लो २४ घण्टामा संक्रमितको संख्यामा कमी आएको छ । हिजो (शुक्रबार) २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने थप ५३ कोरोना संक्रमितको मृत्यु भएको थियो ।  

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ६३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३७० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ भने सक्रिय संक्रमित ८३ हजार बढी भएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या भने ८३ हजार ४ सय ९८ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर ३ सय ९८ जना क्वारेन्टाइनमा छन् । हालसम्म पीसीआर परीक्षण २६ लाख १५ हजार ७ सय २० गरिएको छ ।