२८ वैशाख, काठमाडौँ । नेपाल उद्योग परिसंघको सदस्य संस्था होङ्सी शिवम् सिमेन्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अक्सिजन सिलिन्डर दिएको छ।
होङ्सीले ८ लिटर क्षमताका २ सय थान अक्सिजन कन्सन्ट्रेटर मन्त्रालयलाई हस्तान्तरण गरेको हो । सो सामग्रीहरु बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रि हृदयेश त्रिपाठीले महामारी तथा अक्सिजनको अभावको समयमा उपलब्ध सामग्रीहरुले राहत पुगेको बताए ।
त्यस्तै परिसंघका अध्यक्ष सतिशकुमार मोरले राष्ट्रको संकटका बखतमा नेपालको निजी क्षेत्र सरकारसँगै रहेको बताए । साथै राष्ट्रको संकटका बेला अत्यावश्यक सामग्री उपलब्ध गराई सहयोग पुयाएकोमा नेपाल उद्योग परिसंघले होङ्सी शिवम सिमेन्टलाई धन्यवाद दिएका थिए ।
कोरोनाको दोस्रो लहरमा दिन प्रतिदिन बिरामीको चाप बढ्दै गएकाले परिसंघले यसअघि नै उद्योगहरुमा रहेको अक्सिजन सिलिन्डरहरु नेपाल सरकारलाई उपलब्ध गराउन सबैलाई आह्वानसमेत गरिसकेको छ ।