३१ वैशाख,पोखरा । गण्डकीमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।

गण्डकीका विभिन्न जिल्लाका पोखरामा उपचाररत १९ जनाको जनाको मृत्यु भएको हो भने बाँकी ४ जनाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यो सँगै गण्डकीमा वैशाख महिनामा मात्र १ सय ३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म गण्डकीमा मृत्यु हुनेको संख्या ३ सय ४१ पुगेको छ । पोखरा–१५ की ४५ वर्षीय महिलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । उनलाई २६ गते कोरोना संक्रमण देखिएर अस्पताल भर्ना गरिएको थियो ।

वैशाख २६ गते चरक मेमोरियलमा भर्ना भएका कास्की–४ का ८२ वर्षीय संक्रमित पुरूषको बिहान मृत्यु भएको छ । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा–१३ का ६० वर्षीय संक्रमित पुरूष, पोखरा(२८ कै ४८ वर्षीया महिलाको मृत्‍यु भएको छ ।

यस्तै गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा-३३ का ४० वर्षीय पुरुषको मृत्‍यु भएको छ भने पोखरा-१७ का ३१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा ज्यान गएको छ ।