बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि -
Comments Add Comment

बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि

३ जेठ,काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा बार्सिलोनाले इंग्लिस प्रिमियर लिग क्लब चेल्सीलाई ४-० ले हरायो । बार्सिलोनाले खेलको पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाती गोलमा अग्रता बनाएको थियो । १४ औँ मिनेटमा एलेक्सिया पुटेलसले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाइन् ।

२१ औँ मिनेटमा एटाना बोनमतीले गोल गर्दै बार्सिलोनाको अग्रता ३-० को बनाइन् ।

कार्लोलिन हेनसेनले ३६औँ मिनेटमा गोल गर्दा बार्सिलोना ४-० ले अघि बढेको थियो । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । चेल्सी पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै