Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा खाद्य तथा तरकारी पसल बिहान ७ देखि ९ बजेसम्म खुल्ने

२१ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा थपेको छ। आज दिउँसो उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय लिएको हो।

तीनै जिल्लाका प्रजिअको बैठकले निषेधाज्ञामा थप कडाइ गर्दै अब खाद्यान्न तथा तरकारी पसल बिहान ७ देखि ९ बजेसम्म दुई घण्टा मात्रै खोल्न पाइने निर्णय गरेको छ । बैठकले सडकमा पनि सवारीसाधन अनुगमनलाई कडा बनाउने निर्णय लिएको छ।

आजको बैठकले निषेधाज्ञा थप गरेको जानकारी काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमणको जोखिम बढेको हुँदा अबको निषेधाज्ञामा थप कडाइ गरिनेछ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौला कोरोना संक्रमित भएपछि अनलाइनमार्फत बैठकमा सहभागी भएका थिए। उनको ठाउँमा सहायक प्रमुख जिल्ला अधिकारी बैठकमा सहभागी भए।

पहिलो चरणमा लगाइएको निषेधाज्ञा भोलि २२ गते राति १२ बजेदेखि सकिँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै