Comments Add Comment

Advertisment

SKIP THIS

नोबेल शिक्षण अस्पतालमा १८ घण्टाको अवधिमा १० संक्रमितको मृत्यु


८ जेठ,सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का ७० वर्षीय वृद्धको पनि गएराति करिब १ बजे मृत्यु भएको छ । उनलाई जेठ २ गते नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

महोत्तरीको बर्दिवास नगरपालिका–१ का ५१ वर्षीय पुरुष र बर्दिवास–५ का ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । ५१ वर्षीय पुरुषलाई वैशाख २६ गते भर्ना गरिएको थियो । उनको शनिबार बिहान साढे ११ बजे मृत्यु भएको हो । बर्दिबास–५ का पुरुषलाई बिहीबार नोबेलमा भर्ना गरिएको थियो । उनको शनिबार बिहान पौने ११ बजे मृत्यु भएको हो ।

शुक्रबार राति करिब १० बजे झापाको कन्काई नगरपालिकाका ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई शुक्रबार नै अस्पताल भर्ना गरिएको थियो । यसैगरी सुनसरीको इनरुवा नगरपालिका–९ का ७५ वर्षीय वृद्धको शुक्रबार बेलुका करिब ७ बजे मृत्यु भएको छ । उनलाई शुक्रबार मात्रै अस्पतालमा भर्ना गरिएको थियो ।

मोरङको धनपालथान गाउँपालिका–६ की ३५ वर्षीया महिलाको पनि शुक्रबार राति ९ बजे मृत्यु भएको छ । उनलाई जेठ ७ गते भर्ना गरिएको थियो ।

झापाको भद्रपुरका ४० वर्षीय पुरुष, विराटनगर महानगरपालिका–५ का ४६ वर्षीय पुरुष र सुनसरीको रामधुनी नगरपालिका–३ का ३८ वर्षीय पुरुषको पनि मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै