२ असार काठमाडौ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दरबन्दी हुनुभएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी जिल्लामै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
प्रहरी नायब उपरीक्षक भण्डारीले विभागिय मुल्य९मान्यता, आदेश९निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएका छन् ।
साथै विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले डिएसपी धर्मराज भण्डारीलाई जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।