जंगली हात्तीको आक्रमणबाट आज बिहान एकजना किसानको मृत्यु -
Comments Add Comment

जंगली हात्तीको आक्रमणबाट आज बिहान एकजना किसानको मृत्यु

१८ असार ,काठमाडौ । जंगली हात्तीको आक्रमणबाट आज बिहान एकजना किसानको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका–२ औधापुरका ४५ बर्षीय रामदेव पटेलको मृत्यु भएको हो ।

खेतमा काम गरिरहेका पटेललाई बिहान करिब पौने आठ बजे जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका पटेललाई उपचारकालागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

जङ्गल क्षेत्रबाट करिब १५ ; १६ किलोमिटर टाढा सदरमुकाम कलैया नजिक आएर हातीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment