२९ आषाढ ,काठमाडौ । जनता समाजवादी पार्टीले शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारमा आजै सहभागी नहुने भएको छ।
पार्टी कार्यालय बल्खुमा भएको कार्यकारिणी समितिको बैठकले आजै मन्त्रीको नाम नपठाउने निर्णय गरेको हो। मन्त्रीको नाम नपठाउने भएको छ ।
जसपाले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने भएको छ । पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा रहेकाले सरकारमा सहभागी भइ हाल्दा असर गर्छ कि गर्दैन भनेर कानुन व्यवसायीहरूसँग छलफल गरेपछि सरकारमा जाने/नजाने बारे निर्णय हुने नेता महेन्द्र राय यादवले बताए ।
कानुन व्यवसायीले सरकारमा जाँदा असर नपर्ने बताए एक दुई भित्रै सरकारमा सहभागी हुने उनको भनाइ छ ।
बैठकले पाँच दलीय गठबन्धनलाई संसदको पूर्ण कालसम्म टिकाउन अधिकमतम् भूमिका खेल्ने निर्णय पनि गरेको छ ।