२९ आषाढ ,काठमाडौ । वर्षातसँगै परेको चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका–३ मुसहरीमा मंगलबार साँझ दुईजनाको मृत्यु भएको छ ।
चट्याङले लागेर स्थानीय ३९ वर्षीया ललिता सदा र ४० वर्षीया फूलकुमारी सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।
घर नजिकै खेतमा काम गरी उनीहरुलाई चट्याङले लागेर गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनीहरुको जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको डीएसपी गौतमले बताए ।