२३ साउन , काठमाडौ । कर्णाली प्रदेशमा शनिबार ६० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
यससँगै सक्रिय संक्रमितको संख्या ८ सय ८० पुगेको स्वास्थ सेवा निर्देशनालयले जनाएको छ । शनिबार १०१ जनामा आरटी–पीसिआर विधिको कोरोना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ७९ जनामा एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणका क्रममा १८ जनामा संक्रमण देखिएको छ ।
शनिबार सबैभन्दा धेरै सुर्खेतमा २७ जना संक्रमित फेला परेका छन् । यस्तै जुम्लामा १३, कालिकोटमा ९, सल्यान र रुकुम पश्चिममा ३र३, मुगु र जाजरकोटमा २र२ तथा हुम्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै शनिबार कोरोना संक्रमणका कारण सुर्खेतमा एक जनाको ज्यान गएसँगै कर्णालीमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या ३५६ पुगेको छ ।







