२५ भाद्र काठमाडौ । बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीको निधन भएको छ । उनी ब्लड क्यान्सरबाट ग्रसित थिए ।
उनको शुक्रबार निधन भएको द स्याडोज नेपालुका गायक स्वप्निल शर्माले जानकारी दिए । स्वप्निलले राजुको स्वास्थ्य अवस्थाबारे बारम्बार जानकारी दिँदै आएका छन् ।
राजुको उपचारका लागि आर्थिक सहयोग संकलन गर्ने अभियानलाई पनि स्वप्निलले नेतृत्व दिइरहेका थिए । हाल स्वप्निलले आर्थिक सहयोग बन्द गरिदिन आग्रह गरेका छन् ।


