
१२ असोज , काठमाडौ । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने गणेश पंगेनी धरौटीमा रिहा भएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पंगेनीलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको हो ।

एमाले निकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य पंगेनीले गत असोज ४ गते बिहान बुटवल-३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएको बेला मेयर सुवेदीमाथि मुक्का हानेका थिए ।

प्रहरीले उनलाई सोही दिन साँझ पक्राउ गरी सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो ।





