इक्वेडरको कारागारमा कैदीबन्दीबीच झडप : कम्तीमा २४ जनाको मृत्यु -
Comments Add Comment

इक्वेडरको कारागारमा कैदीबन्दीबीच झडप : कम्तीमा २४ जनाको मृत्यु

१३ असोज , काठमाडौ । इक्वेडरको एक कारागारमा भएको झडपमा कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको छ ।

कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् । त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो ।

कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै