Comments Add Comment

Advertisment

SKIP THIS

गीतकार तथा संगीतकार खेम रिजालको नयाँ गीत ‘तिमीसित’ सार्वजनिक

२० असोज , काठमाडौ । दुई दशकभन्दा लामो समयदेखि गीत संगीतमा क्रियाशिल गीतकार तथा संगीतकार खेम रिजालको नयाँ गीत ‘तिमीसित’ सार्वजनिक भएको छ ।

गायक निशान भट्टराई र गायिका टीका प्रसाईको युगल स्वर रहेको गीतमा खेमले नै संगीत भरेका छन् । यो गीत रिजालको चौथो एलबम ‘मञ्जुर छ’मा समावेश छ ।

गीतको भिडियोमा बीना राउत र खेम रिजाल फिचर्ड छन् । यसअघि सन् २०१३ मा पनि खेमले रिमा विश्वकर्मासँग एक भिडियोमा अभिनय गरेका थिए ।

नगरकोटका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा सुबोल थापाको निर्देशन छ । विगत १४ वर्षदेखि अमेरिकामा बस्दै आएका रिजाल त्यही रहेको संगीत संस्था ‘बामा’ का वर्तमान अध्यक्ष पनि हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै