Comments Add Comment

Advertisment

SKIP THIS

बडादसैँमा उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थाले

२४ असोज , काठमाडौ । बडादसैँमा उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ ।

यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या विष्लेषण गर्दा अहिलेसम्म औपचारिकरुपमा एक लाख बढी यात्रु काठमाडौँबाट बाहिरिएका छन् । प्रहरीलेको अभिलेखभन्दा बाहिरबाट समेत यात्रु बाहिरिएका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विस्तारै यात्रु बाहिरिनेक्रम बढिरहेका र दसैँ बिदा सुरु भएपछि भने यो सङ्ख्या अझै बढ्ने बताए ।

‘अहिलेसम्म सामान्यरुपमा बढिरहेको छ, आजदेखि भने बाहिरिने यात्रुको चाप बढ्छ’, महाशाखाका प्रमुख भट्टराईले भने, ‘यात्रुको सहजताका लागि हामीले चुस्त ट्राफिक व्यवस्थापन मिलाएका छौँ, बाहिरिने यात्रुका सहज व्यवस्थापनका लागि रातदिन नभनी प्रहरी खटाइएको छ ।’

यही असोज १६ गतेसम्म यात्रु हाराहारीमा भित्रिने र बाहिरिने गरेका थिए । प्राप्त विवरणअनुसार १६ गते भित्रिने सङ्ख्या ४२ हजार २२६ थियो भने बाहिरिने सङ्ख्या ४१ हजार ४८४ थियो । त्यसपछि भने बाहिरिने यात्रुको चाप बढेको हो । असोज १६ गते भित्रिने ३८ हजार ७४९ रहेकामा बाहिरिने यात्रु बढेर ४३ हजार ४३९ पुगेका थिए । त्यसपछि क्रमशः बाहिरिने यात्रु बढ्न थालेका हुन् ।

यही असोज २१ गते सात हजार २८० सवारी साधनमा ३४ हजार १४६ यात्रु भित्रिएकामा सोही दिन सात हजार ८१४ सवारी साधनमा ४५ हजार ३६२ यात्रु बाहिरिए । महाशाखाले दिएको तथ्याङ्कअनुसार असोज २२ गते शुक्रबार छ हजार ७७८ सवारीमा ३२ हजार ९८४ यात्रु भित्रिएका थिए । सोही दिन सात हजार ३१५ सवारीमा झण्डै ५२ हजार यात्रु बाहिरिएका छ । त्यसपछि बाहिरिनेक्रम झन् बढिरहेको महाशाखाले जनाएको छ ।

असोज १ देखि २२ सम्ममा कूल एक लाख ४२ हजार २२७ सवारी साधनमा सात लाख ७६ हजार ३७१ यात्रु भित्रिएका तथ्याङ्क छ । सोही अवधिमा कूल एक लाख ४३ हजार ७७३ सवारी साधनमा आठ लाख ७० हजार ४९६ यात्रु बाहिरिएका महाशाखाले जनाएको छ । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै