Comments Add Comment

Advertisment

SKIP THIS

तिहारमै बिकेन पाल्पाली ढाका

२२ कात्तिक , काठमाडौ । ‘थोक व्यापारमा अघिल्लो वर्षभन्दा केही बढेको छ,’ उनले भने, ‘फुटकर व्यापार हुने भनेको आन्तरिक पर्यटकको चहलपहलले गर्दा नै रहेछ ।

स्थानीय बजारको व्यापारले धान्न मुस्किल पर्ने हुन्छ । तानसेन सिल्खानटोल गैराबारी उद्योग राखेका हरि रायमाझी पनि ढाका कपडाको व्यापारदेखि निराश छन् । अघिल्लो दसैं र तिहार कोरोना संकटले समस्या निम्तियो । यस वर्ष पनि सोचे जस्तो व्यापार हुन सकेन । जसले गर्दा कामदार पाल्नै समस्या हुने अवस्था आएको उनको गुनासो छ । ‘उत्पादनमा कमी आएको छैन,’ उनले भने, ‘तर व्यापारमा भने अघिल्लो वर्षभन्दा केही बढे पनि सन्तुष्ट हुने अवस्था भने आएको छैन ।’

पौड्याल र रायमाझी मात्र होइन, पाल्पाली ढाका कपडा उद्योग सञ्चालन गर्दै आएका उद्योगी र यसको व्यापार गर्नेहरू यस वर्ष पनि सन्तुष्ट भएनन् । कोरोना भाइरस संक्रमण त्रासले आन्तरिक तथा बाह्य पर्यटक नआउँदा उनीहरू निराश भएका छन् । दसैं र तिहार ढाका कपडा व्यापारको मुख्य सिजन हो ।

यही समयमा ढाकाको व्यापारले गति लिन नसक्दा चिन्तित तुल्याएको व्यापारी तथा उत्पादक रायमाझीले बताए । ‘धेरैको टीका नै नभएर हो कि जस्तो पनि भयो,’ उनले भने, ‘यो एक वर्षमा धेरै पाल्पालीले कोरोनाबाट ज्यान गुमाए । त्यसको अवसर पनि हुन सक्छ ।’

ढाका कपडाका पसल अघिल्लो वर्ष जस्तै यस वर्ष पनि सुनसानप्रायः भए । केही परिमाणमा थोक बिक्री भए पनि खुद्रा बिक्रीमा खासै सुधार हुन नसकेको उत्पादक तथा व्यापारी पौड्यालको भनाइ छ । 

। ‘विद्यालय, क्लब, संघसंस्थाको भ्रमणको सिजन हुन्थ्यो,’ ढाका व्यापारी सरिता केसीले भनिन्, ‘यही बेलामा ढाका कपडा र यसबाट बनेका सामग्री किनेर लैजाने गर्थे । दुई वर्षयता कोरोनाले भ्रमण सबै शून्यप्रायः छ । त्यसैले पनि ढाकाको व्यापार छैन ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै