Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा नेपाल प्रहरीका तीन इन्स्पेक्टरलाई आईपीएस तालिममा अवार्ड

२६ कात्तिक,काठमाडौ । भारतको हैदराबादमा आयोजित इन्डियन पुलिस ट्रेनिङ्ग (आइपीएस) मा नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुरस्कृत भएका छन् । ५० हप्ता लामो तालिममा उनीहरुले उत्कृष्ट भई अवार्ड प्राप्त गरेका हुन् । 

अवार्ड प्राप्त गर्नेमा प्रहरी निरीक्षकहरु अनिल थापा, किरण राउत र सिमोन धिताल छन् । थापाले आउटडोरमा द बिएसएफ ट्रफि, राउतले द जयपुर कप र धितालले द जयपुर कपको उपाधि पाएका हुन् । तालिममा नेपालसहित, भारत, भुटान र माल्दिभ्सका प्रहरी अधिकृत सहभागी भएका थिए। सो तालिममा नेपाल सन् १९५४ देखि सहभागी हुँदै आइरहेका छ।

सरदार वल्लभभाइ पटेल पोलिस एकेडेमीमा शुक्रबार बिहान भएको दीक्षान्त समारोहमा भारतीय सुरक्षा सल्लाहकार अजित डोवलले उनीहरुलाई अवार्ड प्रदान गरेका हुन् ।

नेपालको तर्फबाट पुरस्कृत प्रहरी निरीक्षकहरु, प्रहरी निरीक्षक सुभाष खतिवडा र होमनाथ रेग्मी सहभागी थिए । हैदराबादस्थित सरदार बल्लभभाइ पटेल पुलिस एकेडेमीमा तालिम भएको हो ।

कार्यक्रममा नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्री पनि सहभागी छन् । नेपाल सन् १९५४ देखि यो तालिममा सहभागी हुँदै आएको छ । तालिममा नेपालसहित, भारत, भुटान र माल्दिभ्सका प्रहरी अधिकृत सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै