Comments Add Comment

Advertisment

SKIP THIS

सरुवा भएका डीएसपीलाई निमित्त प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

२७ कात्तिक , काठमाडौ । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले हालै सरुवा भई आ-आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच निर्देशन दिएका छन् ।

निर्देशनका क्रममा निमित्त प्रहरी महानिरीक्षक कार्कीले साधन स्रोतको उच्चतम प्रयोग गरी शान्ति सुरक्षा कायम गर्नुका साथै प्रमाणमुखी अनुसन्धानमा जोड दिनुपर्ने बताए । कानुन कार्यान्वयनमा कुनैपनि सम्झौता नगरी जिम्मेवारी वहन गर्नुको साथै आफू मातहत प्रहरी कर्मचारीहरूको आचरण एवं व्यवहार शिष्ट बनाई उच्च मनोबलका साथ कार्यसम्पादन गर्न गराउन उनले निर्देशन दिए ।

निमित्त प्रहरी महानिरीक्षक कार्कीले आफ्नो ज्ञान, सीप र कौशल मातहत प्रहरी कर्मचारीहरूलाई समेत प्रवाह गर्न र आ-आफ्नो क्षेत्रको सुरक्षा चुनौतीको विश्लेषण गरी कार्ययोजनाका साथ काम गर्नुपर्ने उल्लेख गरे । वर्तमान परिवेशलाई मध्यनजर राखी परिस्थिति अनुसार आफ्नो क्षमता र व्यवसायिकता प्रदर्शन गरी सिर्जनशील काम गर्नुपर्नमा उनले जोड दिए ।

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा समेतले सरुवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका थिए ​।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै