Comments Add Comment

Advertisment

SKIP THIS

न्यायाधीशहरूलाई फैसला गरेर देखाउन बरिष्ठ अधिवक्ता थापाले दिए चुनौती

१ मंसिर , काठमाडौ । नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा फर्किएका न्यायाधीशहरूलाई फैसला गरेर देखाउन चुनौती दिएका छन् । 

बुधबार बारको आन्दोलनमा बोल्दै थापाले कानून व्यवसायीहरूले बहस नगरेको मुद्दामा फैसला गरेर देखाउन न्यायाधीशहरूलाई चुनौती दिएका हुन् । उनका अनुसार कानून व्यवसायी बेगर फैसला हुन सक्दैन ।

उनले भने, ‘घुस खाने प्रधानन्यायाधीशले तोकेको इजलासमा बस्नुभयो भने तपाईंहरू पनि दुषित हुनुहुन्छ ।’

नेपाल बारले न्यायालयका मुख्य समस्या नै सफा गर्ने गरी आन्दोलन गरेको उनले बताए ।

प्रधानन्यायाधीशलाई हटाउनमात्र बारले आन्दोलन नगरेको बताउँदै थापाले अर्को प्रधानन्यायाधीश आएपछि कुन–कुन न्यायाधीश र कानून व्यवसायीले भ्रष्टाचार गरेका छन् भन्ने कुराको छानविन समेत हुन्छ । यो आन्दोलन नभएर न्यायालयको शुद्धीकरणको अभियान भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै