Comments Add Comment

Advertisment

SKIP THIS

ओलीसँग प्रचण्डले मञ्च शेयर गर्लान् ?

९ मंसिर, काठमाडौ । नेकपा एमालेको १०औं महाधिवेशनको उद्घाटन शत्रमा शुभकामना मन्तव्यका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि डाकिएको छ।

सत्ता गठबन्धनको एकीकृत समाजवादीबाहेक सबै दललाई डाकिएको उक्त सभामा जसपाका तर्फबाट उपेन्द्र यादव जानेछन् भने नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा अनिवार्य उपस्थित हुने भएका छन्।

तर ठूलो कटाक्ष र आलोचनाको भाषण गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले मञ्च शेयर गर्लान् कि नगर्लान् भन्नेचाहिँ खुलिसकेको छैन।

प्रचण्ड उक्त कार्यक्रममा जानेबारेमा औपचारिक जानकारी दिइएको छैन। तर उच्च स्रोतले दिएको जानकारीअनुसार माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ अथवा प्रवक्ता कृष्णबहादुर महरा मध्य एक जनालाई पठाउने तयारी गरिएको छ।

नेपालको सबैभन्दा ठूलो दलको महाधिवेशनमा शुभकामना दिनका लागि देशी तथा विदेशी पाहुना आउनेक्रम जारी छन्। भारतीय कम्युनिस्ट पार्टीका नेताहरू काठमाडौं आइसकेका छन्।

यस्तै भारतीय जनता पार्टीका नेताहरू पनि आउने बताइएको छ। एमालेले दक्षिण एसीयाका खास पार्टीलाई सहभागीता र सम्बोधनका निम्ति निम्तो दिएको थियो।

उक्त कार्यक्रममा प्रचण्डले भने प्रतिनिधि मात्र पठाउने तयारी गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै