९ मंसिर काठमाडौ । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

बिहीबार दिउँसो पूर्व -पश्चिम राजर्माग अन्तर्गत कैलालीको लम्कीमा ना २ ख ९३७० नम्बरको ट्रकले टिकापुरकी एक महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।

जिल्ला प्रहरीका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका २ की ४० वर्षीया गोमा थापा रहेकी छिन। घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमाथि आगजनी र तोडफोड समेत गरेका थिए ।
ट्रकमा आगजनी गर्न खोजेपछि स्थानीयलाई रोक्न प्रहरीले अश्रुग्याँस र केही राउण्ड हवाई फायरसमेत गरेको थियो।अहिले स्थानीयले बजार बन्द गराउनुका साथै राजमार्ग अवरूद्ध पारेका छन्। लम्कीको अवस्था तनावग्रस्त भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।








