Comments Add Comment

Advertisment

SKIP THIS

सामाजिक सुरक्षा भत्ता बुझ्नै सास्ती, बोकेर लैजानुपर्ने बाध्यता

१० मंसिर काठमाडौ । स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ। सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन्।

सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिले सास्ती भोग्नुपरेको छ। जिल्लाका १२ वटा स्थानीय तहमध्ये साइपाल गाउँपालिकामा मात्र बैंक स्थापना भएको छैन। साइपाल गाउँपालिकाले तल्कोट गाउँपालिकामा रहेको एभरेष्ट बैंक र सदरमुकाम चैनपुरबाट कारोबार गरिरहेको छ।

बैंक खाता अनिवार्य गरेपछि बैंकसम्म पुग्न भौगोलिक कठिनाइले सकस हुने भएपछि बुङ्गल नगरपालिकाले भने कृषि विकास बैंकका कर्मचारीसहित नगरपालिकाले ११ वटै वडामा बैंक खाता खोल्न वडा कार्यालयमै पुगेर शिविर सञ्चालन गरेको बुङ्गल नगरपलिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत भरत रोकायाले बताए।

बुङ्गल नगरपालिका–२ सलकाट्टेकी लक्ष्मी पटकीदेवी धामी ८५ वर्ष पुगिन्। उनलाई हिँडडुल गर्न निकै सकस हुन्छ। यसअघि घरमै भत्ता बुझ्दै आएकी धामीले यसपालि भने बैंकबाटै भत्ता बुझ्ने भएकी छिन्। सरकारले बैंकबाट मात्र भत्ता दिने भएपछि गाउँलेले बोकेर उनलाई वडा कार्यालयमा आएको शिविरमा पु¥याए । लेखपढ गर्न नजान्ने र राम्ररी आँखा पनि नदेख्ने धामीलाई बैंकमार्फत भत्ता बुझ्ने काम झन्झटिलो लागेको छ।

उनले भनिन्, “एक घण्टाको बाटोमा त गाउँका दाजुभाइले बोकेर ल्याए। बैंक पुग्न दुई घण्टा हिँड्नुपर्छ, सरकारले भत्ता दिएर त राम्रै काम गरेको थियो। तर भत्ता बाँडने काम झन्झटिलो भयो।” भौगालिक कठिनाइका कारण उनलाई मात्र नभएर सबै ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिले बैंकबाट भत्ता लिनुपर्ने भएपछि निकै सास्ती भएको स्थानीयवासीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै