Comments Add Comment

Advertisment

SKIP THIS

धुर्व कार्की केन्द्रिय सदस्यका बलिलो उम्मेद्बार

१० मंसिर काठमाडौ । रामेछापबाट ध्रुब कुमार कार्कीले पनि नेकपा एमालेको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने मनशाय व्यक्त गरेका छन् । कामको आधारमा पार्टीले मूल्यांकन गरे आफू केन्द्रीय सदस्यको शसक्त दाबेदार रहेको कार्कीले बताएका छन् ।

२०५४ सालमै जिल्ला सदरमुकाम समेत रहेको तत्कालिन मन्थली गाविसको अध्यक्ष भएका कार्की अहिले एमाले रामेछापको सचिवालय सदस्य छन् । उनीभन्दा पछाडी संगठित भएकाहरु माथिल्लो कमिटीमा पुगिसकेको र गत स्थानीय निर्वाचनमा पनि पार्टीले कार्कीलाई मेयरको टिकट नदिएपछि उनी निकटका कार्यकर्ता कार्कीमाथि अन्याय भएको भन्दै केन्द्रीय सदस्य बनाउनुपर्ने लाइनमा छन् ।

प्रदेश कमिटीमा पनि नपरेपछि कार्की पनि पार्टीभित्र बोल्नेको नभई कामको मूल्यांक हुनुपर्ने भन्दै आवाज निकाल्न थालेका छन् ।

‘पूँजीपति र बोल्नेहरुले मात्रै पद पाइरहने हो भने कम्युनिष्ट पार्टी भन्नुको अर्थ हुँदैन’ उनले भने, ‘मलाई विश्वास छ, कामको मूल्यांकन पक्कै हुनेछ र, म केन्द्रीय बन्नेछु, मेरो उम्मेदवारी स्वभाविक छ ।’

गाउँमै बसेर पार्टी राजनीतिमा सक्रिय रहेका नेता कार्की कम बोल्ने र सबै वर्ग, समुदाय र उमेर समूहका व्यक्तिहरुसँग चाँडो घुलमिल हुन सक्ने नेता हुन् ।

उनले जिल्लाको सबैभन्दा ठूलो क्याम्पस मन्थली क्याम्पसको अध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।रामेछापबाट केन्द्रीय महाधिवेशनमा ७ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै