Comments Add Comment

Advertisment

SKIP THIS

अनलाईन ठगी गरेको अभियोगमा पक्राउ

१९ मंसिर , काठमाडौ । अनलाईन ठगी गरेको अभियोगमा महोत्तरी सम्सी गाउँपालिका-६ घर भई हाल धनुषा जनकपुर मछलीबजार ठेगाना भएका १९ वर्षीय शेष फैसललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

 

पीडितको एनआइसी एशिया बैंकको खाताबाट कात्तिक ७ गते एक्कासी ५० हजार २ सय रुपैयाँ रकम अनेत्र ट्रान्सफर भएको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त रकम पीडितको बैंकको खाताबाट आफ्नो वालेट आइडि हुँदै सिटिजन बैंक लि। मा रहेको शेष फैजलको नामको खातामा रकम रकमान्तर गरेको देखिएकोले उक्त ठगी कार्यमा संलग्न रहेका फैसललाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं एयरपोर्टबाट पक्राउ गरेको हो ।

उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाएको उक्त महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment