Comments Add Comment

Advertisment

SKIP THIS

चुनावका बेला पर्चा लिएर गाउँ जानुभयो ,अब खोप लिएर जानुस् : स्वास्थ्यमन्त्री

१९ मंसिर , काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले राजनीतिक दलहरूलाई खोप लिएर मतदाताकहाँ जानका लागि आग्रह गरेका छन् ।

चुनावका बेला पर्चा लिएर भोट माग्न जनताकहाँ गएका राजनीतिक दलहरूले जनता कोरोना संक्रमणमा परेका बेला उपचारको व्यवस्था गर्न पनि गाउँघर जानुपर्ने उनको आग्रह थियो ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा मन्त्री खतिवडाले खोपका झोला र चिकित्सक लिएर गाउँमा जान आग्रह गरेका हुन् । ुहामीले भोट माग्नका लागि नमस्कार गर्दै घरघर गएका हुन्छौं । खोप र दुई जना सुई लगाउन जान्ने स्वास्थ्यकर्मी र खोपका झोला बोकेर गाउँगाउँका पचास, एक सय, दुई सय परिवार भएका गाउँमा गएर ुसधैं हामी पर्चा बाँड्दै भोट माग्न आएका थियौं, यो पटक तपाईंको स्वास्थ्य उपचारको लागि खोप लिएर आएका छौं, यो लगाउनुस्ु भनेर सबै दलहरू हिँड्दिनुस् । सबै संघ संस्था हिँडिदिनुस्,ु उनले आग्रह गरे ।

खोप लगाउनका लागि सुरुका दिनमा मान्छेको भीड भएको तर पछिल्लो समय अपेक्षित रूपमा जनता खोप लगाउन नआएकाले यस्तो आग्रह गर्नुपरेको मन्त्री खतिवडाको भनाइ थियो । काठमाडौंका ठूला अस्पताल र नाकामा खोपको व्यवस्था गर्दा पनि अपेक्षित रूपमा सहभागिता नरहेको उनले बताए ।

काठमाडौंका ठूला अस्पतालका साथै चार नाकामा पनि कोरोना भाइरस विरुद्धको खोपको व्यवस्था गरिएको छ । बल्खु, थानकोट, गोंगबु र कोटेश्वर नाकामा खोपका लागि जनशक्तिको व्यवस्था गर्दा पनि उल्लेख्य सहभागिता नभएको मन्त्रालयका अधिकारीको भनाइ थियो । ती सीमा नाकामा सुरुका दिनमा साढे ३ हजारले खोप लगाएको तर पछिल्लो समय खोप लगाउने मानिसको संख्या घटेको उनीहरूको भनाइ थियो ।

सरकारले अबको केही दिनमा बालबालिकालाई खोप लगाउने केन्द्रहरूमा नै कोरोनाको खोप लगाउनका लागि व्यवस्था गर्न लागेको उनले जानकारी दिए । त्यस्ता खोप केन्द्र मुलुकभर १६ हजार रहेका छन् । त्यस्तै, चुनावका बेला स्थापना गरिने बुथहरूलाई पनि कोरोनाविरुद्धको खोपकेन्द्रका रूपमा विकास गरिने योजनामा मन्त्रालय रहेको अधिकारीले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै