Comments Add Comment

Advertisment

SKIP THIS

झापामा अफिम सहित २ जना पक्राउ

२१ मंसिर, काठमाडौ । झापा मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलमा लागुऔषध अफिम सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भारत फ्रोजपुर का २५ बर्षिय केयर सिंह र भारत मौगा का २५ बर्षिय सुखजित सिंह रहेका छन् ।

सोमबार बेलुका ४ बजे भारतबाट नेपाल आउदै गरेको उनिहरुलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ११ ग्राम अफिम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै