Comments Add Comment

काँग्रेसले १० हजार चारतारे झण्डाले काठमाडौ रंगिन बनाउने

२१ मंसिर, काठमाडौ । नेपाली कांग्रेसले १४औँ महाधिवेशनमा काठमाडौंमा १० हजार झन्डा फहराउने भएको छ।

प्रवक्ता विश्वप्रकाश शर्मा संयोजक रहेको प्रचारप्रसार समितिले प्रचारप्रसार अभियानअन्तर्गत आज मंगलबारबाट झन्डा राख्न सुरु गरेको हो।

अभियानको प्रवक्ता शर्माले मंगलबार महाधिवेशनस्थल भृकुटीमण्डपमा झन्डा हस्तान्तरणन गरेर सुरुवात गरेका छन् । प्रवक्ता शर्माका अनुसार काठमाडौंभर कांग्रेसको चारतारे झन्डा पाँच हजार र चुनाव चिह्न रुखअंकित पाँच हजार झन्डा फहराइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment