Comments Add Comment

Advertisment

SKIP THIS

कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

२२ मंसिर काठमाडौ । काठमाडौं महानगरपालिका–१५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा काठमाडौं कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया बिनिता परियारलगायत १६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १६ लाख ९० हजार ५ सय रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध सहित पक्राउ

हत्याका आरोपी पक्राउ