Comments Add Comment

Advertisment

SKIP THIS

दीपकराज गिरीको कटाक्ष : राष्ट्रवादी अर्को राष्ट्रघाती

८ असार ,काठमाडौ । कलाकार दीपकराज गिरीले दलहरूले जनअपेक्षा विपरीत काम गरेको बताएका छन् । देशमा परिवर्तन अनेक भए पनि राजनीतिक परिवर्तन भने हुन नसकेको उनको भनाई छ । सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्ट्याटस पोस्ट गर्दै गिरीले देशमा भएको परिवर्तनले जनताको अवस्थामा खासै केही परिवर्तन नआएको समेत उल्लेख गरेका छन् ।

‘धनी हरेक दिन धनी बन्दै गए, गरिब झन् झन् गरिब, पहुँच हुनेहरूको लागि हरेक सुविधा ढोकामै उपलब्ध हुने, तर भुईँ मान्छेको लागि सामान्य भन्दा सामान्य कुरा पनि दुर्लभ हुन थाल्यो १’, गिरी अगाडि लेख्छन्, ‘दलहरू र तिनका कार्यकर्ताको तडक भडक शैली ले उनीहरूमा झन् नैराश्यता निम्त्यायो १’

राष्ट्रवादी अर्को राष्ट्रघाती भएको उल्लेख गरेका दीपकले एकले अर्कोलाई राष्ट्रघाती भन्ने अर्कोले अर्कोलाई तानाशाह भन्ने भिडन्तको सङ्केत भएको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै