Comments Add Comment

Advertisment

SKIP THIS

भुटार्नी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा डा. इन्द्रजित राई पक्राउ

काठमाडौं -नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेका छन्। यसअघि पक्राउ परेका प्रतिवादीको बयानको आधारमा उनी पक्राउ परेका हुन्।

गृह मन्त्रालयमा रहँदा राईले ठगी गर्ने गिरोहलाई सघाएका थिए। पक्राउ परेका पाँच अभियुक्तमध्ये सानु भण्डारीले डा. राईको नाम लिएका थिए। आफूहरूले उठाएको पैसामध्ये केही राईलाई बुझाएको उनको बयान थियो। सोही आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनी ललितपुरबाट पक्राउ परेका हुन्।

गृह मन्त्रालयकै आडमा एक गिरोहले भुटार्नी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नौ सयजनासँग करिब एक अर्ब ठगी गरेको थियो। त्यसमध्ये एक सय ६० जनाले प्रहरीमा उजुरी दिएका थिए । ठगीमा सघाउने अन्य व्यक्तिमाथि पनि छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै