Comments Add Comment

Advertisment

SKIP THIS

गण्डकी प्रदेश भरिमै उत्कृष्ट भयो जिल्ला प्रहरी कार्यालय कास्की

२७ भाद्र काठमाडौ ।  प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले उत्कृष्ट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापालाई प्रशंसा पत्र हस्तानान्तरण गरेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र प्रदेश अन्तर्गतका जिल्लाहरु बीच भएको कार्य सम्पादन सम्झौता बमोजिमको वार्षक कार्ययोजना अनुसार २०७८ वैशाखदेखी असारसम्म सम्पादन गरेका क्रियाकलापहरुको मुल्याङकनको आधारमा कास्कीले अधिकतम अंक हासिल गरी उत्कृष्ट जिल्ला बन्न सफल भएको जनाइएको छ ।

एसपी रमेश थापाले अपराध अनुसनधान, लागूऔषधको कारोबार र फरार अभियुक्त पक्राउ देखि कोभिड र प्राकृतिक विपत्मा खेलेको भुमिकाका लागि उनलाई पुरस्कृत गरिएको हो ।

अपराध अनुसन्धान तथा नियन्त्रण, जघन्य अपराधको अनुसन्धान, फरार अभियुक्त पक्राउ, मातहतका इकाई र कर्मचारीसँगको समन्वयन तथा शान्ति सुब्यवस्था कायम राख्न खेलेकोको भुमिकाका आधारमा जिल्ला प्रहरी कार्यालयहरुको मूल्याँकन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment