Comments Add Comment

Advertisment

SKIP THIS

घुस लिएको आरोपमा विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध मुद्दा दायर

२८ असार , काठमाडौ । महोत्तरी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर भएको छ ।

श्री मावि एकडारामा कार्यरत दुवै जना सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा १९ जेठमा पक्राउ परेका थिए । उक्त रकम घुस नै भएको अख्तियारले पुष्टि गरेको हो ।

विद्यालयको खेलकुद मैदान स्त्ररोन्ति गर्ने क्रममा विभिन्न बहानामा काम गर्न नदिएर अध्यक्ष र प्रधानाध्यापकले ५० हजार घुस लिएको आरोप लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास र टङ्गालबाट खटिएको टोलीले ५० हजार घुस लिइसकेपछि पक्राउ परेका आरोपितद्वयलाई कारवाहीको लागि मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पुष्टि भएसँगै निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१० बमोजिमको कसुर भएको हुँदा सोहीअनुसार कायम गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै