Comments Add Comment

Advertisment

SKIP THIS

ज्यान मार्ने मुद्दाका फरार अमृत भट्टराईलाई प्रहरीले देवघाटबाट पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँले ज्यान मार्ने उद्योग कसूरमा मुद्दाका फरार अमृतप्रसाद भट्टराईलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत तनहुँले २०५८ सालको भदौ ८ गतेको फैसलाले भट्टराईलाई ३ वर्ष २ महिना १७ दिन कैद भएको थियो । कैद भएपछि भट्टराई फरार रहेका थिए ।

भट्टराईलाई खोज तलास गर्ने क्रममा तनहुँको देवघाट गाउँपालिका वडा नं. १ देवघाटबाट पक्राउ गरिएको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

तनहुँको राईपुर वतन भएका भट्टराई बसाइसरी देवघाटमा बसोबास गर्दै आएका थिए । पक्राउ परेका भट्टराईलाई प्रहरीले शुक्रबार जिल्ला अदालत तनहुँमा पेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै