Comments Add Comment

Advertisment

SKIP THIS

उत्कृष्ट नतिजासहित कक्षा १२ पास भइन् रचना रिमाल

१७ मंसिर काठमाडौ । पछिल्लो समय निकै चर्चामा गायिका रचना रिमाल कक्षा १२ परीक्षामा उत्तीर्ण भएकी छन् ।

उनी ‘ए’ प्लस ग्रेड ल्याएर उत्तीर्ण भएकी हुन् । उनले ३.४४ जिपिए प्राप्त गरेकी छन् । उनले सामाजिक संजालमार्फत् उक्त कुरा जानकारी गराएकी हुन् ।

‘नेपाल आइडल सिजन-२’ बाट सांगीतिक यात्रा सुरु गरेकी रिमाल पछिल्लो समयकी निकै व्यस्त गायिकामा पर्छिन् । रचना गीत रेकर्डिङ र कार्यक्रममै व्यस्त हुन्छिन् । पढाईमा खासै समय दिन नभ्याएकी उनले उकृष्ट नतिजासहित कक्षा १२ पास गरेकी छन् ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार कक्षा १२ मा तीन लाख ७४ हजार १५ परीक्षार्थीमध्ये सात हजार ३६ जनाले ‘ए’ प्लस ग्रेड ल्याएको, ४८ हजार २३९ जनाले ‘ए’ ग्रेड ल्याएको, ७० हजार एक जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन् । ‘सी’ प्लस ग्रेड परीक्षार्थी ७५ हजार ८८ जना र ‘सी’ ग्रेड ल्याउने २४ हजार ५१५ परीक्षार्थी रहेका छन् ।

बोर्डका अनुसार ‘डी’ प्लस ल्याउने परीक्षार्थीमा तीन हजार ८७५ रहेका छन् भने ‘डी’ प्लस ल्याउने परीक्षार्थी २९६ जना छन् भने १० हजार ७३ परीक्षार्थीले ‘इ’ ग्रेड ल्याएका छन् । परीक्षामा सहभागीमध्ये ४६ जना परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको र चार जना परीक्षार्थीलाई आगामी एक वर्षसम्म बोर्डको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी रद्द गरिएको बोर्डले जानकारी दिएको छ ।

बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि असोज ८ गतेसम्म होम सेन्टरमा कक्षा १२ को परीक्षा लिएको थियो । तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।  बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट https://www.neb.gov.np/results, नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/मा गएर हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment