Comments Add Comment

लोकप्रिय गायक मौसम गुरुङ र रिना थापाको ”डाडैमा टुनी छ” सार्वजनिक

२६ मंसिर,काठमाडौ । नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बसेका लोकप्रिय गायक मौसम गुरुङको आवाजमा नया गीत बजारमा आएको छ।

डाँडैमा टुनी छ नामक नया गीतमा मौसम गुरुङलाइ आवाजमा भने रिना थापा र दर्शना तिरुवाले दिएका छन। पछिल्लो समय मौलिक गीतहरुको खडेरी देखिदै आएको छ।मौलिकताको खोजि हुने क्रम जारि पनि छ त्यसैको एउटा उदाहरण हो मौसम गुरुङको यो गीत।

फरक परिबेस र प्रेम कथालाई बिशेष मध्यनजरमा राखेर बनाईएको उक्त गीतमा लय ओम छिनालको रहेको छ भने शब्द रिना थापाले कोरेकी छिन। मौसम गुरुङ एक त् अलिक फरक शैलीका सृजना रुचाउने गायक हुन्। उनको आज सम्म आएका सबैजसो गीतहरुले नेपाली जनमानसमा धेरै प्रभाब पारिरहेको पाइन्छ।एक सफल ब्यबसायी देखि कलाकारितामा पनि उतिकै छलाङ्ग मारेका गुरुङको यो अर्को ऐतिहासिक गीत् हो।

मौसम गुरुङकै युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतको निर्देशन भने दिप गुरुङले गरेका छन। चर्चित गायक अर्जुन सापकोटा ,जुना गुरुङ,एम बि गुरुङ , सुस्मिता आले मगर,श्याम राना मगर ,क्रिष्टिना तिवारी,सचिन परियार ,रबिन गुरुङ लगाएत धेरै कलाकारको उक्त गीतमा अभिनय रहेको छ।मधुर बस्नेतको छायांकनमा निर्माण भएको गीतको सम्पादन भने बिष्णु शर्माले गरेका हुन्। (पुरा भिडियो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै