Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली हस्तकलाले देशको इज्जत बचाइरहेको छ : उपराष्ट्रपति पुन

२८ मंसिर काठमाडौ । नेपाली उत्पादन हस्तकला वस्तुले विश्व बजारमा नेपाल र नेपालीको इज्जत बचाइराखेको उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित नेपाल हस्तकला महासंघको स्वर्ण महोत्सव (५० वर्ष गाँठ ) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् ।

पछिल्लो समय विश्व बजारमा बढ्दो प्रविधिसँगै अधिकतम प्रविधिको प्रयोग गरी वस्तु तथा सेवाको उत्पादन तथा वृद्धि, विकास भइरहेका बेला यता नेपालले भने अझैं हस्तकलाका सामग्रीबाट आफ्नो इज्जत धानिरहेको पुनको भनाइ छ ।

नेपाली हस्तकलाका विविध सामाग्रीको अहिले पनि विश्वमा उच्चतम माग रहेको भन्दै पुनले यसको फाइदा मुलुकले पाइरहेको बताए । ‘आजको उच्चतम प्रविधियुक्त विश्व बजारमा नेपाल जस्तो देशको हातबाट बनाएका हस्तकला सामाग्रीको ठूलो माग छ, यो नै हाम्रो गौरवको कुरा हो ।

गत वर्ष मात्रै कोभिडकै बीच पनि हामीले ६ अर्ब माथिको हस्तकलाका सामाग्री निर्यात गर्न सफल भएका छौं’ उपराष्ट्रपति पुनले भने, ‘यसैलाई हेरेर पनि नेपालले हस्तकला सामाग्री उत्पादन एवम् प्रवद्र्धनमा नेपालले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।’

सरकारी तवरबाट यस्तो हस्तकला क्षेत्रको विकासका लागि आवश्यक ऐन, नियम तथा नियमावली सहजिकरणमा सरकार लागिसकेको बताउँदै उपराष्ट्रपति पुनले हस्तकला विकास भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत बताए ।

सोही अवसरमा पुनले नेपाली पहिचान, हस्तकलाको उत्पादन र बिक्रीवितरणलाई निरन्तरता दिन पुस्ता हस्तान्तरण र अवसर प्रदान गर्न समेत आवश्यक रहेको औंल्याए । यता स्वर्ण महोत्सव मनाउँदै गरेको हस्तकला महासंघले अब साँच्चै नेपाली हस्तकलाको विकास एवम् प्रवद्र्धन गर्ने हो भने सरकारले छुट्दै मन्त्रालयको समेत व्यवस्था गर्नुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment