Comments Add Comment

Advertisment

SKIP THIS

सिलवाललाई पदमै राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

२९ मंसिर , काठमाडौ । राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमै राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भनेर पुस १२ गते दुवै पक्षलाई सर्वोच्चले झिकाएको छ ।

सिलवाल र सरकारी पक्षको बहस सुनेपछि सर्वोच्चले सिलवाललाई पदमा निरन्तरता दिने वा बर्खास्ती गर्ने सरकारको निर्णयलाई मान्यता दिने भन्ने विषयमा निर्णय गर्ने सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्रराज ढकालले जानकारी दिए ।उनका अनुसार अन्तरिम आदेश निरन्तरता पाएमा मुद्दाको अन्तिम सुनुवाइसम्म सिलवाल पदमा रहन पाउनेछन् । बर्खास्तीको निर्णयलाई सदन गरेमा उनले काममा फर्कन पाउने छैनन् ।

सिलवाललाई कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गरेको थियो । त्यसविरुद्ध सिलवालले कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए । राखेपमा प्रतिस्पर्धाको माध्यमबाट नयाँ सदस्य सचिव नियुक्त भइसकेको अवस्थामा आएको अदालतको आदेशले सरकारी निर्णय संकटमा पर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment