Comments Add Comment

Advertisment

SKIP THIS

बल्ल धान खरिद गर्दै खाद्य कम्पनी

१ पुष काठमाडौ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले टोकन प्रणालीमार्फत किसानबाट धान खरिद गर्न थालेको छ ।

अधिकांश किसानले व्यापारीलाई धान बेचेपछि कम्पनीले बल्ल खरिद गर्न सुरु गरेको हो । कार्यालयले किसानबाट मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७५२ का दरले खरिद गर्न सुरु गरेको छ ।

गत भदौ महिनामा बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार ७५२, मध्यम धानको रु दुई हजार ९०२ निर्धारण गरेको थियो । अन्य धानको हकमा खरिद कमिटीले मूल्य तय गर्ने बताइएको छ ।

सरकारले निर्धारण गरिएको मूल्यअनुसार कम्पनीको कार्यालयले मोटो धान मात्रै खरिद गर्न थालेको हो । कार्यालयका निमित्त शाखा प्रमुख तपेन्द्र उपाध्यायका अनुसार प्रत्येक हप्ताको शुक्रबार कार्यालयबाट किसानलाई टोकन वितरणको व्यवस्था गरिएको छ ।

हप्ताका बाँकी पाँच दिन आइतबारदेखि बिहीबारसम्म धान खरिदको कार्य हुने गरेको छ । ‘धान खरिदका लागि गत शुक्रबारदेखि टोकन वितरणको कार्य गरेका हौँ’, निमित्त शाखा प्रमुख उपाध्यायले भने, ‘४८ वटा टोकन वितरण गरिएका छन् । डेढ सय क्विन्टल को हाराहारीमा फ्रेस (गुणस्तरयुक्त) धान खरिद गरिएको छ ।’

केन्द्रीय कार्यालयबाट मोटो धान खरिदका लागि स्वीकृति पाएअनुसार किसानबाट सो धान मात्रै खरिद भइरहेको उनले बताए । ‘एक जना किसानबाट अधिकतम ३० क्विन्टल धान खरिद गर्छौं’, उनले भने, ‘तोकिएको परिणामभन्दा बढी धान किसानसँग छ भने जग्गाधनी प्रमाण पूर्जा, नागरिकताको प्रतिलिपिसहित कृषि ज्ञान केन्द्रको सिफारिस माग्ने गरेका छौँ ।’

व्यापारीले चलखेल गर्नसक्ने भएकाले सहजरुपमा किसानको धान खरिद गर्न कोटो निर्धारण गरिएको उनको भनाइ छ । बेमौसमी वर्षाका कारण धानबाली खेतमै उम्रिएपछि थोरै मात्र किसान धान बिक्रीका लागि कम्पनीको कार्यालयमा टोकन माग्नका लागि पुग्ने गरेका छन् ।

कम्पनीको कार्यालयमा धान बिक्रीका लागि पुग्ने किसान भीमदत्त नगरपालिका क्षेत्रका मात्रै रहेका छन् । कम्पनीको शाखा कार्यालयलाई छ हजार क्विन्टल धान खरिद गर्ने अनुमति छ । धान धेरै आए निर्धारण गरिएको कोटा बढ्नसक्ने निमित्त कार्यालय प्रमुख उपाध्यायको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै