Comments Add Comment

Advertisment

SKIP THIS

नेप्सेमा ६० अंकको वृद्धि

१८ पुष , काठमाडौ । साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली आएको छ ।

बजार मापक परिसूचक नेप्से ६०।४१ अंकले बढेर २५८५.९१ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि १०.७७ अंकले बढेर ४८२.०१ को बिन्दुमा पुगेको छ ।

आइतबार २४० कम्पनीका ७१,६०,९८३ कित्ता शेयर किनबेच हुँदा ४,१२,६९,८०,०६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन कारोबार भएका १३ मध्ये १२ उपसमूहमा हरियाली आएको छ । म्युचुअल फण्ड उपसमूहमा भने १४.८७ अंकको गिरावट आएको छ । लगानीकर्ताहरु सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स उपसमूहमा आकर्षित भएका छन् । यो उपसमूहमा ३४४.२८ अंको वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै