Comments Add Comment

Advertisment

SKIP THIS

कोभिडका कारण चीनबाट फर्केका विद्यार्थीहरूको भविष्य अन्योलमा

२२ पुष , काठमाडौ । दुई वर्षअघि चीनको उहानमा कोरोना भाइरस संक्रमित भेटिएपछि उच्च शतर्कता अपनाउँदै सरकारले चीनका विभिन्न विश्वविद्यालयबाट नेपाल फर्काएका एमबीबीएस अध्ययनरत विद्यार्थीहरूको भविष्यमा यतिबेला अन्योलमा परेको छ ।

चीन सरकारले चासो नदेखाउँदा एमबीबीएस अध्ययन गर्न गएका सन् २०१५ र २०१६ ब्याचका १५३ जना विद्यार्थीहरूको भविष्य अन्योलमा परेको हो ।

चीनमा कोरोना सांक्रमणदर उच्च रहेका बेला नेपाल सरकारले उद्धार गरेर ल्याएका ती विद्यार्थीहरू कोरोना संक्रमण दर न्यून भएर अवस्था सामान्य भइसक्दा पनि चीन फर्किन नपाएपछि विद्यार्थीहरू समस्यामा परेका हुन् ।

विद्यार्थीहरूले अध्ययन पूरा गर्न चीन फर्किन नपाएको र यहाँको मेडिकल कलेजमा पनि अध्ययन गर्न नपाएको उनीहरूले बताएका छन् ।

विद्यार्थीहरूले बाँकी अध्ययन पूरा गर्न चीन पठाउन या नेपालमै अध्ययन पूरा गर्ने व्यवस्था गर्न पटक–पटक आन्दोलन गरे पनि उनीहरूको माग सम्बोधन भएको छैन ।

यसअघि एमबीबीएस अध्ययनरत विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगमा नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै धर्ना दिएका थिए ।

चीनमा कोरोना संक्रमणदर कम भए पनि कोरोना भाइरस संकटका बेला नेपाल आएका विद्यार्थीहरूलाई चीन सरकारले भिसा नदिएको गुनासो उनीहरूले गरेका छन् ।

एमबीबीएसका विद्यार्थीले इन्टर्नसिप गरेपछि मात्र चिकित्सकको आवेदन दिन पाउने व्यवस्था नेपाल मेडिकल काउन्सिलले गरेको छ ।

चीनका विभिन्न विश्वविद्यालयबाट विदामा नेपाल आएका तथा कोरोना भाइरसका कारण नेपाल फर्किएका विद्यार्थीहरुको भविष्यमा अन्योलमा परेको हो ।

पहिला चिनियाँ खोप लगाएका नागरिकहरूलाई मात्र चीनमा प्रवेश दिने निर्णय गरेको चीन सरकारले उक्त खोप लगाउँदा पनि आफूहरूलाई भिसा नदिएको उनीहरूको गुनासो छ ।

सन् २०१६ ब्याचका एक विद्यार्थीका अनुसार इन्टर्नसिपको लागि अहिलेसम्म सरकारले कुनै औपचारिक निर्णय गरेको छैन ।

चीनको वेफाङ मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले नाम नखुलाउने शर्तमा भने, ‘गत हप्ता बसेको मन्त्रिपरिषदको बैठकले विद्यार्थीहरूको माग सम्बोधन गर्ने निर्णय गरेको जानकारी त पाएको छु तर यसको आधिकारिक निर्णय के आयो भन्ने हामीलाई थाहा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै