Comments Add Comment

मकवानपुरमा २० किलो लागुऔषध चरेस सहित ३ जना व्यक्ती पक्राउ

२८ पुष , काठमाडौ । २० किलो ५०० ग्राम लागुऔषध चरेस, १० किलो गाँजाको धुलो र पिकअप गाडी सहित ३ जना व्यक्ती नियन्त्रणमा लिईएको छ ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुखलाई प्राप्त बिशेष सुचनाको आधारमा मिति २८ गते ०३:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको बिशेष टोली र ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाउपालिका वडा नं. ८ सिमपानी स्थित पूर्व पश्चिम सडक खण्डमा चितवन बाट हेटौडा तर्फ आउदै गरेको लु ३ च ९७४ नं. को पिकअप गाडीलाई शंका लागि चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको २० किलो ५०० ग्राम लागुऔषध चरेस र १० किलो गाँजाको धुलो फेला परेको हुदाँ उक्त पिकअप गाडी चालक जिल्ला मकवानपुर राक्सिराङ गाउपालिका ६ बस्ने वर्ष ३३ को सन्त बहादुर थिङ वर्ष २७ को ललित बहादुर थिङ र जिल्ला चितवन राप्ती नगरपालिका वडा नं.११ भण्डरा बस्ने वर्ष २८ को राम बहादुर तामाङलाई उक्त लागुऔषध चरेस, गाँजाको धुलो, पिकअप गाडी सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको जानकारी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै