Comments Add Comment

Advertisment

SKIP THIS

होसियार तीव्र गतिमा सवारी चलाउदा लेजर स्पिड गनको फन्दामा परिएला !

.इश्वर दुलाल 

२९ पुष, काठमाडौ । ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउनुका साथै तीव्र गति बाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न कोटेश्वर(भक्तपुर र रिङ्गरोडको सडकखण्डमा सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीले ‘ लेजर स्पिड गन’ प्रयोगमा ल्याएपछि धेरै सवारीसाधन कारबाहीमा परेका छन् ।

आज मात्रै ट्राफिक प्रहरीले नियम उलंघन गर्ने १ सय ८० सवारीसाधनलाई उक्त प्रविधि बाट कारबाही गरेको छ । विषेश गरि उपत्यकाको कोटेश्वर(भक्तपुर बाटो ट्राफिकले चेकजाँच गरेर ओभर स्पिटमा रहेका धेरै सवारीसाधनलाई कारबाही गरेको छ । कारबाहीमा पर्ने अधिकांश सानाठूला सवारीसाधन रहेको ट्राफिक प्रमुखले बताए । यो प्रविधिकले दुर्घटनामा न्युनिकरण हुने अपेक्षा गरिएको छ ।

कोटेश्वर(भक्तपुर सडकखण्डमा सवारी चालकको लापरबाहीले दुर्घटना हुने गरेकोले ट्राफिक प्रहरीले ‘ लेजर स्पिड गन’मार्फत सवारीसाधनको गति मापन गर्ने एसएसपी उमेशराज जोशीले बताए ।‘लेजर स्पिड गन’ मार्फत सवारी साधनको गति मापन गर्ने र निर्धारित भन्दा तीव्र गतिमा कुदेका सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरिने ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै