Comments Add Comment

Advertisment

SKIP THIS

कोरोनाका कारण बिर्तामोडमा हुन लागेको महायज्ञ स्थगित

३ माघ , काठमाडौ । झापाको बिर्तामोड–१ मा हुन लागेको श्रीमत् तारतम सागर १०८ पारायण तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ स्थगित भएको छ ।

बढ्दो कोरोना कारण न्यू कन्चनजंघा टोल का हरिप्रसाद कडरिया, गंगादेवी, यशोदा, नेत्र कडरियालगायतले आयोजना गर्न लागेको ज्ञान महायज्ञ स्थगित भएको हो । कोरोना भाइरस संक्रमणको दर वढ्दै गएपछि स्वास्थ्यलाई ख्याल राखेर सामान्य अवस्था नहुञ्जेलसम्मका लागि महायज्ञ स्थगित गरिएको आयोजक हरिप्रसाद कडरियाले बताए ।

कडरिया परिवारले माघ ११ गतेदेखि १७ गतेसम्म श्रीमत् तारतम सागर १०८ पारायण तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरी त्यसको सम्पूर्ण तयारी समेत गरिसकेको थियो । श्रीमत् तारतम सागर १०८ पारायण तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा नेपाल र भारतका प्रणमी मन्दिर तथा धामका गादीपति र परिवारलाई, नेपालका प्रशासन प्रमुख, राजनीतिक दलका प्रमुख , सामाजिक संघ संस्थाका प्रमुख, जनप्रतिनीधी, तथा सम्पूर्ण भक्तजनहरुमा निमन्त्रणा गरिसकेको बताए ।

त्यस्तै, उनले पण्डाल बनाउने, अत्यावश्यक सामाग्री खरिद गर्ने, आवास व्यवस्थापन, यातायात व्यवस्थापनको समेत कार्य सकिएको बताए । महायज्ञको सम्पूर्ण तयारीमा हालसम्म २० लाख रुपैयाँ खर्च भइसकेको छ भने सो धार्मिक अनुष्ठान पूरा गर्न एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । अनुष्ठानबाट प्राप्त हुने सम्पूर्ण दानदातव्य बिर्तामोडमा निर्माणाधिन सत्गुरु श्री देवचन्द्र सदनलाई प्रदान गरिने कडरियाले जानकारी दिए । सामान्य अवस्था भएपछि पुनः सूचना गरेर महायज्ञ आयोजना गरिने उनले जानकारी दिएका छन् ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण बजगाई, श्रीकृष्ण प्रणामी युवा परिषद प्रदेश नं. १ का अध्यक्ष अनिल ढुङ्गाना, श्रीकृष्ण प्रणामी धर्मका सन्त भुपाल शास्त्रीजी महाराजलगायतले वोलेका थिए । कार्यक्रममा श्रीकृष्ण श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल युवा परिषदका केन्द्रीय सदस्य दिपक दाहाल, श्रीकृष्ण प्रणामी युवा परिषद झापाका अध्यक्ष टहलदास ओली, बाइजुराज महिला समिति झापाकी अध्यक्ष मिरा ओलीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममको सञ्चालन सत्गुरु श्री देवचन्द्र सदनका सचिव तारा खतिवडाले गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै