Comments Add Comment

Advertisment

SKIP THIS

कतारमा थपिए ३ हजार ८ सयभन्दा बढी नयाँ संक्रमित, थप ३ जनाको मृत्यु


५ माघ , काठमाडौँ । नेपालीको प्रमुख श्रम गन्तब्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमणले उग्र रूप लिएको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ३ हजार ८१६ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ३ हजार ५ सय १ समुदायभित्रकै संक्रमित हुन् भने ३ सय १५ विदेशबाट फर्केका यात्रु हुन् । योसँगै कतारमा संक्रमितको संख्या ३ लाख ७ हजार ५६ पुगेको छ ।

यस अवधिमा ३ हजार ३८६ जना संक्रिमत निको भएका छन्। योसंगै निको हुनेको संख्या पनि २ लाख ६४ हजार २८२ पुगेको मन्त्रालयले जनाएको छ । यस अवधिमा ७२,८५ र ८९ बर्षीय नागरिकको मृत्यु भएसँगै मृतकको संख्या पनि ६३० पुगेको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा सक्रिय संक्रमितको संख्या ४२ हजार १४४ रहेको छ भने ५९२ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । तीमध्ये ८८ जनाको आईसीयूमा उपचार भैरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै