Comments Add Comment

Advertisment

SKIP THIS

चर्चित गायक राजेशपायल राईको भनाई

११  माघ , काठमाडौँ । चर्चित गायक राजेशपायल राईले संसारभरि छरिएर नेपालीहरुले आफूलाई मन पराउने बताएका छन् । उनले आफू विदेश गएपछि लोकगीत गाउन मन पराउने पनि खुलासा गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गायक राईले यस्तो बताएका हुन् ।

उनले देशले आवश्यक ठान्यो भने आफू राजनीतिमार्फत योगदान पुर्याउन तयार रहेको सुनाए । उनले आफ्नो घरपरिवारका सदस्यहरु सबै पार्टीमा आवद्ध रहेको पनि जानकारी दिए । उनले आफू भने राजनीतिमा आउने सोचमा नरहेको जिकिर गरे । कुन पार्टीमा जाने ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले अहिले केही खुलासा गरेनन् । तर, देश विकास र जनताको भलो गर्नु नै राजनीति भएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै